d

 जेठमा स्थानीय चुनाव गर्न गठबन्धन तयार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : चौतर्फी दबाबपछि आगामी जेठभित्र स्थानीय तह निर्वाचन गर्न सत्ता गठन्धनले सहमति जनाएको छ। अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्नेछ। आयोगले जेठ ५ गते स्थानीय तहका पदाधिकारीको पदावधि सकिने भन्दै वैशाखमा चुनावको मिति तोक्न सरकारसँग आग्रह गर्दै आएको थियो। गठबन्धनले भने स्थानीय तहको निर्वाचन आगामी मंसिरमा धकेल्न छलफल चलाएको थियो। 

राष्ट्रपति विद्यादेवी भण्डारीदेखि संविधानका जानकारले स्थानीय निर्वाचन पछि धकेल्नु असंवैधानिक र कानुनविपरीत हुने भन्दै समयमै गर्न गठबन्धनलाई ‘दबाब’ दिएका थिए। गठबन्धनको शनिबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यसपछि दलहरू आन्तरिक छलफलमा जुटे। साँझ पुनः बसेको बैठकमा जेठभित्र चुनाव गर्ने र त्यसका लागि निर्वाचन ऐनमा आवश्यक संशोधन गर्ने निर्णय भएको बताइएको छ।  

Views: