d

सर्वोच्चको आदेशसँगै प्रकाशित भयो २८१ शाखा अधिकृतको नतिजा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सर्वोच्च अदालतको आदेश आएसँगै लोक सेवा आयोगले शाखा अधिकृतहरुको नतिजा निकालेको छ।

सर्वोच्च अदालतको गत बुधवारको पूर्ण इजलासले लोक सेवाले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएको थियो। त्यसपछि आइतबार २८१ जना शाखा अधिकृतको नतिजा आएको हो। 

सबै तहका परीक्षा पूरा गरेर पनि आयोगले नतिजा सार्वजनिक नगरी राखेको थियो। 

लोक सेवाको नतिजा अनुसार नेपाल प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा अन्तरगत खुलातर्फ दुई सय ८१ जनालाई शाखा अधिकृतमा सिफारिस गरिएको छ। 

आयोगले व्यवस्थापिका संसद सेवाका उम्मेदवारलाई संघीय संसद सचिवालयमा स्थायी नियुक्तिको सिफारिस गरेको छ। 

अन्य सेवाका उम्मेदवारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने गरी निर्णय भएको लोक सेवाले जानकारी दिएको छ।

Views: