d

कमल थापाको अध्यक्ष पद धरापमा पर्ने संकेत

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौं। केही दिनअघि मात्रै राप्रपा नेपालमा अध्यक्ष बनेका थापाको पद संकटमा परेको छ। राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले अध्यक्ष पदबाट राजीनामा दिएपछि अध्यक्ष बनेका थापाको पद संकटमा परेको हो।

राप्रपा नेपाललाई अवैध ढङ्गले कमल थापाको जिम्मा लगाइएको भन्दै सोही पार्टीको अर्को पक्ष निर्वाचन आयोग पुगेको छ। राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले आफूहरूको सहमतिबिना केन्द्रीय अध्यक्ष लाक्पा तामाङले थापालाई पार्टी सुम्पिएको भन्दै आयोग पुगेका हुन्।

पार्टीको केन्द्रीय समितिको निर्णयबिनै कमल थापालाई अध्यक्ष बनाएर निर्वाचन आयोगमा गएको भन्दै आयोगमा उजुरी परेको छ।

राष्ट्रिय अध्यक्ष राणाका अनुसार ९ वैशाख २०७७ मा राप्रपा नेपाल, शिव सेना नेपाल र राप्रपा (प्रजातान्त्रिक)बीच एकता हुँदा चार वर्षसम्म पार्टीमा कुनै विवाद नगरी आ-आफ्नो पदमा बसेर काम गर्ने सहमति थियो।

एकतापछिको बैठकले राप्रपा नेपालका अध्यक्ष तामाङलाई केन्द्रीय अध्यक्ष, शिव सेनाका अध्यक्ष विक्रम बमलाई वरिष्ठ नेता र राप्रपा (प्रजातान्त्रिक)का तर्फबाट आफूलाई राष्ट्रिय अध्यक्ष चयन गरेको राणाले बताए।

१ सय ५१ सदस्यीय केन्द्रीय समितिमा ५० प्रतिशत राप्रपा नेपालबाट, २५-२५ प्रतिशत शिव सेना र राप्रपा (प्रजातान्त्रिक)बाट राख्ने सहमति रहेको उनको भनाइ छ।

तर सहमति, पार्टीको विधान र निर्वाचन आयोगमा बुझाइएका निर्णय विपरीत तामाङले एकलौटी रूपमा कमल थापालाई पार्टी हस्तान्तरण गरेको राणाको भनाई छ।

यदि आयोगबाट सुनुवाइ नभए आफूहरू अदालत जाने उनले बताए। राप्रपाको अध्यक्षमा हारेपछि कमल थापाले पार्टी छाडेका छन्। उनी केही दिनअघि मात्र राप्रपा नेपालको अध्यक्ष बनेका थिए। दैनिक नेपाल न्युज 

Views: