d

एमसीसी टेबुल गरेकोमा प्रचण्डको असन्तुष्टि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने स्पष्ट गरिसकेको दोहोराएका छन् । उनले आज सामाजिक सञ्जालमा विवाद र विरोधका बीच एमसीसी टेबुल गरेको भन्दै अन्तुष्टि जनाएका छन् ।
प्रचण्डले एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गरेका छन् ।

उनले भनेका छन्ः ”विवाद र बिरोधका बीच सरकारले MCC टेबुल गरेको छ। हाम्रो पार्टी र संसदिय दलले MCC का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ। MCC टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्सनकारीमाथी भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

Views: