d

एमसीसी पास गर्ने बारे छलफल गर्न सरकार सहितको कांग्रेस टोली पुग्यो ओली निवास 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा रहेको ओली निवासमा शुक्रवार साँझ  भएको भेटवार्ता सकिएको छ । उनीहरुहरूबीच संसद् अवरोध हटाउने र संसदमा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल भएको बैठकपछि नेताहरूले जानकारी दिएका छन्। 

तस्बिर: ओ टिभी नेपाल 

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष नेता ओलीसँग आफ्नो अडान छाडेर राष्ट्रियहितका लागि एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौंँ भन्ने प्रस्ताव गरेका बताइएको छ।  

छलफलमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीका तर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो।

Views: