d

नेकपा एमालेका जननिर्वाचित वडाध्यक्षसहित २३ जना राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भक्तपुर, १४ फागुन । नेकपा एमालेका जननिर्वाचित वडाध्यक्षसहित २३ जना राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा ) प्रवेश गरेका छन् ।

पार्टीकाे चाँगुनारायण नगरपालिका वडा नं ६ वडा कार्य समिति नगरकोटको सम्पर्क कार्यालय उद्घाटनकाे क्रममा नेकपा (एमाले) को तर्फबाट जननिर्वाचित वडाध्यक्ष बनेका श्याम बहादुर श्याङबोसहित २३ जना पार्टी प्रवेश गरेका हुन् । स्याङ्बाेले २०५४ स्थानीय निकायकाे निर्वाचनमा नगरकाेटमा वडाध्यक्ष जितेका थिए ।

उनीमात्र नभएर साेही अवसरमा वडा सदस्य राम बहादुर घिसिङ, विक्रम बहादुर थिङ र हालैमात्र एमालेले गठन गरेकाे टोल समितिका अध्यक्ष सुनबिर तामाङ पनि राप्रपा प्रवेश गरेका थिए ।

उनीहरूसहित एमालेसँग सम्वद्द २३ युवाहरु २३ जना राप्रपा प्रवेश गरेका थिए।

नवप्रवेशी तिनीहरूलाई राप्रपाका सहमहामन्त्री  रबिन्द्रप्रताप शाह, जिल्ला अध्यक्ष रामशरण लामिछाने, जिल्ला तहका नेता तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका पदाधिकारीलगायतले स्वागत गरेका थिए ।

साे क्रममा पार्टीले नवप्रवेशी कार्यकर्तालाई समसामयिक विषयमा प्रशिक्षण दिँदै देशघाती एमसिसी सम्झाैताविरूद्द लाग्न अनुराेध गरेका थिए । कार्यक्रममा सहमहामन्त्री शाहले संघीयतासँगै गाउँगाउँमा भ्रष्टाचार माैलाइरहेकाेले पार्टीले भ्रष्टाचार विरूद्द संघर्ष गरिरहेकाे बताए । उनले अहिलेसम्म पार्टीका वडाध्यक्ष भएकाहरूले जनतालाई दुख दिएकाले राप्रपाले जनताकाे वडाध्यक्ष बनाउन लागेकाे बताउँदै पार्टीमा समाहित हुन आग्रह गरेका थिए ।

bhaktapurtimes.com

Views: