d

संसद् बैठक आधा घण्टाका लागि स्थगित, आजै एमसीसी पारित गर्ने तैयारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । अमेरिकी सहायता एमसीसीमाथि सामान्य छलफल गरेपछि आजको पहिलो बैठक आधा घण्टाका लागि स्थगित भएको हो । 

आजको पहिलो बैठकमा एमसीसीमाथि सांसदहरूले धारणा राखेका छन् । सांसदहरूले एमसीसीकाे पक्ष र विपक्षमा धारणा राखेका छन् ।

आजको दोस्रो बैठकमा एमसीसीको व्याख्यात्मक घोषणालाई राष्ट्रिय महत्त्वको विषयका रूपमा सङ्कल्प प्रस्ताव बनाएर पारित गर्ने तयारी छ । 
व्याख्यात्मक घोषणा पारित गरेपछि आजैको संसद् बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने तयारी रहेको छ । 

Views: