d

एमसीसी विरुद्दको रिट सर्वोच्चले दर्ता गर्न नमाने पछि सर्वोच्चकै प्रश्न 'किन गरियो दरपिठ?' 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सर्वोच्च अदालतले एमसिसीविरुद्धको रिट दरपिठको कारण माग गरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीक‍ो एकल इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दरपिठविरुद्ध दिएको निवेदन सर्वोच्चले न्यायाधीश कार्कीको एकल इजलासमा सोमबार सुनुवाइ तोकेको थियोे । 

भण्डारीले यसअघि एमसिसी रोक्न माग गर्दै दर्ताका लागि पेस गरेको रिट निवेदन गत सोमबार सर्वोच्चले दरपिठ गरेको थियो। सर्वोच्चले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दर्ता गर्न अस्वीकार गरेको थियो। 

No description available.

सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले गत फागुन १० मा दर्ता गर्ने आधार नभएको भन्दै दरपिठ गरिदिएका थिए। यसविरुद्ध भण्डारीले निवेदन दिएका थिए।

Views: