d

खरेललाई जिल्ला सदस्य सहित संगठन बिभागको जिम्मेवारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी कमल गाउँ पालिका अध्यक्ष दिपक खरेललाई जिल्ला सदस्य सहित संगठन बिभाग झापा जिल्ला प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । केन्द्रिय सदस्य द्वय अन्जर आलम र अम्बर विष्टको आतिथ्यता तथा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाको सभापतित्वमा सम्पन्न भएको झापा जिल्ला कार्यसमितिको नियमित बैठकबाट खरेललाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । 
नेता खरेलको पदोन्नति संगै कमल गाउँ पालिका अध्यक्षको कार्यबाहक जिम्मेवारी उपाध्यक्ष युवराज खड्कालाई प्रदान गरिएको छ ।

Views: