d

एमसीसी पास गर्ने ‘प्रचण्ड’ माथि पार्टी बैठकमै भयो यस्तो सम्म ...

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सत्तारूढ नेकपा माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भएको छ ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसदबाट पारित गर्नमा सहमति दिएपछि अध्यक्ष दाहालको आलोचना भएको हो ।


शुक्रवारदेखि काठमाडौंमा शुरू भएको केन्द्रीय समितिको बैठकमा पार्टीको आठौं महाधिवेशनको निर्णयविपरीत एमसीसी पारित गर्नमा सहमति किन गरेको भन्दै नेताहरूले प्रश्नसमेत उठाएका छन् । ४ जना नेताले लिखित रूपमै असन्तुष्टि व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गत पुसमा सम्पन्न पार्टीको महाधिवेशनले एमसीसी संशोधन गरेर मात्र पास गर्न सकिने निर्णय गरेको भए पनि पार्टी नेतृत्वले व्याख्यात्मक घोषणाका नाममा जस्ताको तस्तै पास गरेको भन्दै दाहालसँग जवाफ मागेका छन् ।

Views: