d

राप्रपा युवा नेता नेम्वाङ जिल्ला सदस्यमा मनोनित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता चन्द्र नेम्वाङलाई राप्रपा झापा जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरिएको छ । झापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाको सभापतित्वमा शनिबार बसेको नियमित मासिक बैठकले युवा नेता नेम्वाङलाई जिल्ला सदस्यमा मनोनीत  गरिएको हो ।

नेम्वाङ २०५१ सालमा वर्तमान पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व गरेको प्रजातान्त्रिक राष्ट्रिय विद्यार्थी संगठनमा केन्द्रिय सदस्य रहेका थिए।   पार्टी स्थापना देखिनै बिद्यार्थी राजनीतिबाट पार्टीमा सकृय  रहदै आएका नेम्वाङ राप्रपा भित्र बैचारिक विचलन आएको र तत्कालीन नेतृत्वले गन्तव्य भुलेर गलत बाटो समातेको भन्दै पार्टीमा  लामो समय सम्म निष्क्रिय रहेका थिए । अध्यक्ष लिङ्देनले पार्टी नेतृत्व सम्हालेसंगै पार्टीले नयाँ दिशा लिएकोले आफू पुन: सक्रिय रहने बताएका छन् । गौरादह ४ जोरघरेमा स्थायी बसोबास गर्दै आएका नेता नेम्वाङले गत महिना अध्यक्ष लिङ्देनको हातबाट पार्टीको नयाँ सदस्यता लिएका थिए।

Views: