d

मोरङको सुन्दर हरैंचाबाट १५०० जना राप्रपा प्रवेश गरेपछि कार्यकर्ता उत्साहित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मोरङ । मोरङको सुन्दर हरैंचा बाट राप्रपा मोरङ्ग सुन्दर हरैचा १५०० भन्दा बढी स्थानियहरु राप्रपा प्रवेश गरेका छन्।  राष्ट्रिय प्रजातन्त पार्टी सुन्दर हरैचा नगरसमितिले आयोजना गरेको बृहत आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरुले कांग्रेस, एमाले र माओबादी पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन्।   कार्यक्रममा  अध्यक्ष राजेन्द्र लिङ्देन, केन्द्रिय प्रवक्ता ग्यान्द्र शाही तथा नेत्री रेखा थापाले नव प्रवेशीलाई स्वागत गरेका हुन् ।   

 आज आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने बताएका छन्।  

‘राप्रपाको टिकट लिन आउनुभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि ठाउँको मन्दिरमा गएर कसम खाएर आउनु पर्नेछ,’ लिङ्देनले भने । कार्यक्रममा बोल्दै राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई पार्टीले कहिल्यै पनि टिकट नदिने घोषणा गरे । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्नेमा जोड दिएका थिए ।

यस्तै शाहीले भ्रष्टाचारको अन्त्य गर्नका लागि संघीयता प्रदेशको खारेजी प्रमुख शर्त रहेको कुरामा जोड दिएका थिए । सोही कार्यक्रममा मन्तव्य दिँदै राप्रपाकी नेतृ तथा अभिनेत्री रेखा थापाले नारीलाई शिक्षाका लागि, स्वास्थ्यका लागि विशेष जोड दिनुपर्ने बताइन् । उनले अहिलेका नेताहरूले पटक पटक देशलाई बर्बाद पारेको र अब नेपाललाई अगाडि बढाउन नेपालवाद र नेपाली माटो सुहाउँदो नयाँ सिद्धान्त जन्माउन राप्रपा लागेको बताएकी छिन् ।

Views: