d

रतुवामाईमा मस्ती शिर्षकमा २३ करोडको सकिएको ज्ञानेन्द्र साहीको आरोप 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मोरङ: मोरङको रतुवामाई नगरपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा प्रवक्ता ज्ञानेन्द्र साहीले रतुवामाईका जनप्रतिनिधिले २३ करोड़ रुपैयाँ मस्ती शीर्षकमा खर्च गरेको खुलासा गरेका छन् । नगरपालिकाको ५ वर्षको तथ्यांक हेर्दा २३ करोड ९८ लाख रुपैयाँ मोजमस्तीमा खर्च गरेर सकेको भेटिएको बताएका हुन्।   

'छोटेराजाहरु, यदि तिमी यो आमसभामा कुनामा लुकेर हाम्रो कुरा सुन्दै छौ भने हेक्का राख ! अव तिम्रा दिन सकिए, रतुवामाईबासीले अव तिमीजस्ता भ्रस्टलाई  भोट हाल्दैनन्।', साहीले भने।  
  
भ्रस्टाचारले सीमा नाघेकोंले आगामी निर्वाचनमा भ्रस्टहरुलाई भोट नदिएर सवक सिकाउन समेत उनले आग्रह गरे ।

केन्द्रीय अध्यक्ष राजेन्द्रको प्रमुख आतिथ्यतामा स्थानीय  दाम्राभिट्टा बजारमा आयोजना गरिएको बृहत आमसभालाई सम्बोधन गर्दै प्रवक्ता साहीले राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको सालिकमा थुक्नेहरु देश द्रोही भएकाले सजग रहन आग्रह गरेका थिए।  
 
साहीले भने ,'गरिव जनतालाई माओ र मार्क्सको आदर्श पढाउनेहरुले तिनै गरिव नेपाली जनता लाई लडाएर आफुहरु भोगविलासमा लिप्त छन् । यस्ता देशद्रोहीहरुलाई यो पटक भोट नदिएर बदला लिनुहोस्।' 

'भ्रस्ट मेयरलाई ट्वाइलेट सफा गर्न लगाएको भिडियो तपाईंहरुले हेर्नु भयो होला नी ? निर्वाचन पश्चात मा यो रतुवामाईमा फेरी आउने छु , यो बेला मैले हाम्रो पार्टीबाट निर्वाचित कुनै जनप्रतिनिधिले घुस खाएको भेटिएमा उनीहरुको पनि हालत त्यस्तै हुन्छ ।', साहीले सम्बोधनको क्रममा भनेका थिए।  

Views: