d

गौरादह: जाम्बाडीमा राप्रपाको चुलिँदै लोकप्रियता , आजै २१ जनालाई गरियो स्वागत 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह नगरपालिका वडा न. ३ बाट  २१ जना स्थानियहरु राप्रपा प्रवेश गरेका छन्।  उक्त वडा स्थित जाम्बाडी क्षेत्रबाट अर्जुन कार्की, सितल कार्की, मनिकला कटुवाल, मनमाया कटुवाल लगायतका २१ जना स्थानियले राप्रपा रोजेका हुन्।  

वडा न ३ वडा समितिको आयोजनामा अर्जुन कार्कीको गृह निवासमा सम्पन्न कार्यक्रममा क्षेत्रीय वरिष्ठ उपाध्यक्ष खेमराज तिम्सिना, उपाध्यक्ष  रमेश थापा, नगर उपाध्यक्ष डि पी भट्टराई, वडा समिति उपाध्यक्ष चन्द्र जंग कार्की लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको वडासमिति अध्यक्ष चिरन्जीवी पौडेलले बताए।  

पार्टी प्रवेशको सहजीकरण डि पी. भट्टराई, च्ंद्रजंग कार्की तथा चिरन्जिवी पौडेलले गरेको बताइएको छ । 

Views: