d

कञ्चनपुरमा एमालेलाई झट्का, मेयर चन्द एकीकृत समाजवादीमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कञ्चनपुर । नेकपा एमालेबाट निर्वाचन बेदकोट नगरपालिका मेयर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बेदकोट नगरपालिका मेयर अशोक चन्द समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका छन् ।

मेयर चन्दसँगै बेदकोट नगरपालिकाका विभिन्न पाँचवटा वडाका वडाअध्यक्ष पनि समाजवादीमा प्रवेश गरेका छन् । त्यस्तै पार्टीका जिल्ला कमिटीका अन्य नेताहरू पनि समाजवादीमा प्रवेश गरेका छन् । एमाले प्रदेश कमिटी सदस्य गजेन्द्र राना, जिल्ला कमिटी सचिवालय सदस्य हरिराम चौधरी, जिल्ला सचिवालय सदस्य तथा बेदकोट नगर कमिटी अध्यक्ष महेशराज जोशी लगायतका नेता तथा कार्यकर्ता समेत समाजवादीमा प्रवेश गरेका हुन् ।

१० वटा वडा रहेको बेदकोट नगरपालिकामा आठ वडाअध्यक्ष एमालेले जितेको थियो । चन्दकै कारण बेदकोट नगरपालिकामा एमालेको राम्रो प्रभाव थियो । एमालेमा रहँदा माधव नेपाल समूहमा रहेका चन्द नेकपा एमालेको जिल्ला अधिवेशनमा सचिव पदमा लडेका थिए । जहाँ उनी पराजित भएका थिए । पार्टी विभाजनसँगै पार्टीभित्रै अन्तरसंघर्ष गर्दै आएका चन्द अन्ततः समाजवादीमा लागेका हुन् ।

Views: