d

राप्रपा अध्यक्ष लिङ्देन आज  भैरहवा पुग्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहित शीर्ष नेताहरु सोमबार भैरहवाको बृहत आमसभामा सहभागी हुने भएका छन् ।

राप्रपा रुपन्देहीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङदेनसहितका नेताहरु सोमबार भैरहवा  पुग्ने भएका हुन् ।

आमसभालाई लिङ्देनसहित उपाध्यक्ष ध्रुवबहादुर प्रधान, वरिष्ठ नेता दीपक बोहरा, नेता निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही र केन्द्रीय सदस्य रेखा थापा सहितका नेताहरुले सम्बोधन गर्ने राप्रपा रुपन्देहीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

आमसभामा विभिन्न पार्टी परित्याग गरी करिब एक हजार नेता कार्यकर्ता राप्रपामा प्रवेश गर्ने राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले दावी गरे ।
लुकमा भ्रष्टाचार, बेथिती बढेको र राष्ट्रियता संकटमा परेकाले त्यसकोविरुद्ध स्थानीय चुनावलाई लक्षित गरी आमसभा गरिएको राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदयले बताए ।

अध्यक्ष लिंग्देंनले हिजो आइतवार आफ्नै गृह जिल्ला झापामा आयोजित बृहत आमसभालाई सम्बोधन गरेका थिए। file photo  

Views: