d

ग्यास पड्किँदा तीन बालबालिकाको मृत्यु, एक घाइते

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सिन्धुपाल्चोक- बाह्रबिसे नगरपालिका-८ मानेश्वाँराको लामा टोलमा ग्यास सिलिन्डर पड्किँदा तीन बालबालिकाको ज्यान गएको छ।

ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको हो। स्थानीयवासी मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतबार बेलुकी ७ बजेतिर ग्यास पड्किएको प्रहरीले जनाएको छ। 

आगलागी हुँदा उनका छोरा १० वर्षीय इशाक तामाङ, भाइ कुमार तामाङका ६ वर्षीय छोरा सरगम तामाङ र छिमेकी पदम तामाङकी साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको हो।

वडाध्यक्ष सुरज लामाका अनुसार आगोमा जलेर उनीहरूको घरभित्रै ज्यान गएको हो। मीनबहादुर घाइते छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। नेपाल समय।  

Views: