d

सहाराले गर्यो शेयर सदस्यको ऋण मिनाहा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झगेन्द्र खड्का 
गौरादह/सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र गौरादहले एक सेयर सदस्यले लिएकाे ऋण मिनाह गरेकाे छ। संस्थाले २७ औं बार्षिक साधारणसभाकाे अवसरमा सेयर सदस्य साेभा गिरीले संस्थाबाट लिएकाे २ लाख रुपैयाँ ऋण मिनाह गरेकाे छ। संस्थामा आबद्ध सेयर सदस्य गिरीले व्यावसाय गर्न ऋण लिएपनि उनकाे श्रीमानकाे निधन भएकाले संस्थाले ऋण मिनाह गरेकाे संस्थाकाे गौरादह सेवा केन्द्र प्रमुख दिल कुमारी राउतले जानकारी गराइन। संस्थाले मुनाफा मात्र कमाउने नभई सेयर सदस्यहरुकाे आवश्यकता पहिचाहन गरि लगानी गर्ने र सदस्यहरुकाे समस्यामा साथ दिने संस्थाकाे उदेश्य रहेकाे सेवा केन्द्र प्रमुख राउतकाे भनाइ छ।सहारा नेपालमा आबद्ध सेयर सदस्य धन कुमारी कट्वालले सहारा नेपाल संस्थाले नाम अनुसारकाे काम गर्ने बताइन्। आफू बेसाहारा भएकाे अवस्थामा संस्थामा आबद्ध भएपछि पटकपटक ऋण लिएर व्यावसाय गरेर परिचित ब्यावसायी भएकाे जानकारी गराइन। संस्थाले उत्कृष्ट व्यावसायिक पुरस्कार बापत २०६९ सालमा ५१ हजार नगदबाट पुरस्कृत गरेकाे बताइन।संस्थाकाे २७ औं बार्षिक उत्सबकाे अवसरमा उत्कृष्ट उद्यमी ३ जनालाई प्रमाणपत्र सहित पुरस्कृत गरेकाे छ। पुरस्कृत हुनेहरुमा रिता देबि राई, यसाेदा कार्की र रेसम कुमारी बस्नेत रहेका छन। माछापुच्छ्रे हाेटलकाे सभाहलमा सम्पन्न बार्षिक उत्सव कार्यक्रममा निर्मला बाँस्तोला सभापति रहेकी थिइन। बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं -१ का वडाध्क्ष नगेन्द्र भण्डारीले उद्घाटन गर्दै सहकारी तथा बितिय संस्थाहरु गरिबी निवारणका लागि स्थापित भएकाले सेयर सदस्यहरुले संस्थाबाट लिएकाे ऋणको पुर्ण सदुपयाेग गर्न अनुराेध गरेका छन। सेयर सदस्यहरुले ऋण लिएपछि जुन प्रयाेजनका लागि लिएकाे हाे त्यसैमा प्रयाेग गरेमा क्षेती बेहाेर्नु नपर्ने बताए। गौरादह सेवा केन्द्र प्रमुख दिल कुमारी राउतले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा हेमन्त आचार्यले कार्यक्रम संचालन गरेका थिए।

Views: