d

सुरक्षा घेरा भित्र कर्णाली प्रदेशको मतपत्र छापियो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मंगलबारदेखि मतपत्र छपाइ शुरू गरेको छ । जनक शिक्षाले कर्णाली प्रदेशको मतपत्रबाट छपाइको शुरूआत गरेको छ । सोमबार मध्यरातसम्ममा सबै जिल्लाको नमुना मतपत्र छपाइको काम सम्पन्न गरेलगत्तै नेपाली सेनाको सुरक्षा घेराभित्र केन्द्रले मतपत्र छाप्ने काम शुरू गरेको हो ।

कर्णाली प्रदेशको डोल्पासहित ५ जिल्लाका मतपत्र छपाइ मंगलबार नै सम्पन्न गरिसकेको जनक शिक्षाले वैशाख २० गतेभित्र सबै जिल्लाको मतपत्र छापी सक्ने जनाएको छ । मंगलबार बिहान निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयोगका सचिव गोकर्णमणि दुवाडी सानोठिमीस्थित जनक शिक्षाको छापाखाना अवलोकन गर्न पुगेका थिए।  


 

Views: