d

गौरादहमा राप्रपाले ४ वटा चुनावी आमसभा गर्ने, पार्टी प्रवेशको अभियान चलाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादहमा राप्रपाले चुनावी  प्रचारप्रसार तथा पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउने  बनाउने  भएको छ। मेयर र उपमेयर पदमा उम्मेदवार छनौट गरे संगै गौरादहमा केन्द्रिय नेता सहितको बृहत आमसभाको तयारी गरिएको बताइएको हो। 
'बृहत आमसभा बारे अध्यक्ष ज्यू संग कुराकानी भईरहेको छ, वहाँले समय मिलाउछु भन्नु भएको छ, रेखा जी, ज्ञानेन्द्र साही जी सहितको ३ / ४ वटा बृहत आमसभाहरु आयोजना गर्ने गरि क्षेत्र र जिल्ला तहमा समेत प्रारम्भिक छलफल अगाडी बढाइदै छ।', राप्रपा केन्द्रिय वाणिज्य विभाग प्रमुख  लक्ष्मी प्रसाद संग्रौलाले बताए।  

'अन्य दल संग वार्ता गर्ने सम्भावना सकिएको बताउदै संग्रौलाले भने , 'गोपाल जी र भरिपुर्ण जी लाई नै उम्मेदवार बनाएर जाने भएपछी कसै संग एकता गर्ने कुरा पनि भएन, जित्नु मात्र ठुलो कुरा होइन हामी कति बलियो छौँ भनेर देखाउनु ठुलो कुरा हो।'

Views: