d

गौरादहमा राप्रपाले सोमवार ४७ वटै पदमा मनोनयन दर्ता गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको गौरादहमा राप्रपाका  उम्मेद्वारले  भोली सोमबार मनोनयन दर्ता गर्ने भएका छन् । नगरपालिकाका ४७ वटै पदमा उम्मेद्वारी दिने तयारी गरिएको बताइएको हो।   मेयर पदमा केन्द्रिय सदस्य तथा मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले उम्मेद्वारी दिने भएका छन् भने  उपमेयरमा भरिपुर्ण राईको उम्मेद्वारी पर्ने राप्रपा गौरादह नगर अध्यक्ष शान्तिराम पौड्याल बताउछन् । 

'हामीले सबै उम्मेदवारको कागजपत्र मिलाउने कार्य आजै सम्पन्न गरि सकेका छौं, भोली १ बजे पार्टी कार्यालय डिपुचोकमा भेला भएर उम्मेद्वारी दर्ता गर्न जाने कार्यक्रम रहेको छ।', पर्दाफास संग कुराकानी गर्दै अध्यक्ष पौड्यालले भने।  

Views: