d

गौरादहमा राप्रपा, जसपा,गठबन्धनदल र एस सहित स्वतन्त्र उम्मेदवारले गरे मनोनयन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झगेन्द्र खड्का 

गौरादह/झापा जिल्लाकाे दक्षिणी क्षेत्रमा रहेकाे गौरादह नगरपालिका साेमबार पनि दलहरुले  स्थानीय निर्वाचनकाे मनाेनयन दर्ता गरेका छन। बैशाख ३० गते हुन गहिरहेकाे स्थानीय निर्वाचनमा मनाेनयन दर्ताकाे दाेस्राे दिन राजनीतिक दल तथा स्वतन्त्र उमेदवारले मनाेनयन दर्ता गरेका छन। निर्वाचन अधिकृत बिदुर कुमार कार्कीका अनुसार गौरादह नगरपालिकामा स्वतन्त्र उमेदवारका रुपमा मेयर पदमा राधिका धमला, चन्द्र सुवेदी र साेमनाथ घिमिरेले मनाेनयन दर्ता गराएका छन। गाेबिन्द प्रसाद न्यौपानेले उपमेयरमा मनाेनयन दर्ता गराएका छन। वडाध्यक्षमा वडा नं -७ बाट बल बहादुर तामाङ र वडा नं -७ बाट निमलाल राजवंशी, सदस्य तर्फ वडा नं -३ बाट दल बहादुर थापा र वडा नं -१ बाट रबि राईले मनाेनयन दर्ता गराएका छन।गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले निर्वाचन अधिकृतकाे कार्यलयमा मनाेनयन दर्ता गराएका छन।

गौरादहकाे डिपु चौकमा भेला भई  बाजागाजा सहित तामझामका साथ मनाेनयन दर्ता गराउन निर्वाचन कार्यलय पुगेकाे थियाे। गठबन्धनका तर्फबाट मेयर उपमेयर सहित ४७ पदमा मनाेनयन दर्ता गराएका छन। गठबन्धनबाट नेपाली कांग्रेसका राेहित कुमार शाहले मेयर तथा माओवादी केन्द्रका पुष्प ढकालले उपमेयर पदमा मनाेनयन दर्ता गराएका छन। वडाध्यक्ष तर्फ वडा नं -१ बाट नेपाली कंग्रेसका ईन्द्र गौतम, वडा नं -२ बाट कांग्रेसका गाेपाल प्रसाद काेइराला ३ बाट माओवादी केन्द्रका सेर बहादुर कार्की, ४ बाट कांग्रेसका नेत्र ढुङ्गाना, ५ बाट कांग्रेसका तारा कुमार श्रेष्ठ, ६ बाट कांग्रेसका ताेया प्रसाईं,७ बाट कांग्रेसका दिलनाथ कटुवाल, ८ बाट माओवादी केन्द्रका गणेश राजवंशी र ९ बाट कांग्रेसका गाेपाल भट्टराईले मनाेनयन दर्ता गराएका छन।राप्रपाले पनि साेमबार निर्वाचन अधिकृतकाे कार्यालय गौरादहमा मेयर उपमेयर सहित सबै पदमा मनाेनयन दर्ता गराएकाे छ। राप्रपाबाट मेयरमा गाेपाल पौडेल र उपमेयरमा भरिपुर्ण राईले मनाेनयन दर्ता गराएका छन।वडाध्यक्षमा वडा नं १ बाट देबेन्द्र कुमार खड्का, वडा नं -२ बाट भाेला नेपाल, ३ बाट चन्द्र जंग कार्की, ४ बाट ज्ञानिन्द्र कटुवाल, ५ बाट नर बहादुर कार्की, ६ मा टेकलाल राजवंशी , ७ बाट टेक प्रसाद अधिकारी, ८ बाट हेडेन्द्र थापा र ९ बाट मुरली न्यौपानेले मनाेनयन दर्ता गराएका छन।निर्वाचन अधिकृत बिदुर कुमार कार्कीका अनुसार उन्नत लाेकतान्त्रीक पार्टी मिलन श्रेष्ठले मेयर पदमा मनाेनयन दर्ता गराएका छन। नेकपा एकीकृत समाजवादी का खगेन्द्र प्रसाद दाहालले मेयरमा साेहि पार्टीका वडा नं -१ काे वडाध्यक्षमा नन्दलाल ताजपुरियाले वडाध्यक्षमा र वडा नं -३ का नर बहादुर अधिकारीले सदस्यमा मनाेनयन दर्ता गराएकाे निर्वाचन अधिकृतकाे कार्यलय गौरादहले जनाएको छ।

Views: