d

बिर्तामोडमा राप्रपाको घरदैलो अभियान तिब्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:  बिर्तामोड नगरपालिकामा राप्रपाले चुनावी प्रचार प्रसार अभियान तिब्र बनाएको छ।  मेयर पदका प्रत्यासी उम्मेदवार ध्रुब उप्रेती र उपमेयर उम्मेदवार रन्जु प्याकुरेल बराल  सहित राप्रपाको टोली चुनावी प्रतिबद्दत्ता लिएर मतदाताका घर घरमा पुग्ने अभियानलाई तिब्र बनाएको हो।

अध्यक्ष राजेन्द्र लिंग्देंनको गृह नगर समेत रहेको बिर्तामोडमा अघिल्ला स्थानीय निर्वाचनमा भन्दा उल्लेख्य रुपमा नेता कार्यकर्ताहरु घरदैलो अभियानमा जुटेको पाइएको छ।     

'राजेन्द्र जी ले पार्टीमा नेत्रत्व लिएपछि पहिलो पटक हामी निर्वाचनको दौडमा छौं, पहिले पहिलेको चुनाव भन्दा यो पटक हाम्रो पक्षमा निकै राम्रो माहोल देखिएको छ।', उपमेयर पदकी उम्मेदवार रन्जु प्याकुरेल बताउछिन्।  

प्याकुरेल भन्छिन्, 'नगरमा भ्रस्टाचार र अनियमिताको ठुलो जालो छ, यसलाई कसरी चिर्न सकिन्छ भन्ने नै हाम्रो मिसन हो, यो निर्वाचनले हामीलाई नगरको नेतृत्वमा पुग्ने अवसर प्राप्त हुन्छ भन्नेमा पूर्ण विश्वस्त छौं।'

राप्रपा बिर्तामोड नगर अध्यक्ष रहेकी प्याकुरेल महिला अधिकारकर्मी समेत हुन्।  

 घरेलु हिँसा लगायतका हरेक कठिनाई भोग्ने महिला दिदि बहिनीहरु संग मिलेर काम गर्न उत्साहित रहेको बताउने प्याकुरेल महिला सशक्तिकरण अभियानमा केन्द्रित रहदै नगरको समग्र विकासमा नयाँ दृष्टिकोण र भिजन सहित अगाडी बढ्ने बताउछिन्।   

मेयर पदका प्रत्यासी उम्मेदवार ध्रुब उप्रेती भन्छन्, 'बिर्तामोड निकै ठुलो सम्भावना बोकेको शहर हो तर विडम्बनानै भन्नु पर्छ मुक्ति चोकबाट  १ किलोमिटर भित्र जाने हो भने  बिर्तामोड़ भन्दा अविकसित कुनै ठाउँनै छैन की भन्ने भान पर्छ।' 

आफ्नो मुख्य ५ भिजन रहेको बताउने उप्रेती व्यापारिक केन्द्र मानिने विर्तामोड खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा विर्तामोड धेरै पछाडीनै रहेको बताउछन्।  

एउटा सार्वजनिक शौचालय समेत नरहेको जस्ता अति सामान्य विषय उठाउनु पर्दा आफुलाई धेरै दुख लाग्ने गरको बताउने मेयरका प्रत्यासी उम्मेदवार उप्रेती पछिल्लो ५ वर्षमा स-साना काम मात्र भएको तर मुख्य कार्य गर्न धेरै बाँकी रहेको बताउछन्।  

स्थानिय निर्वाचनमा नगर नेतृत्व लिन प्रयास गर्नुको मुख्य उद्देश्य भनेकै बिर्तामोडको समग्र भूगोललाई बैज्ञानिक अध्ययन गरेर विकास निर्माणका कार्य संचालन गर्नु रहेको उप्रेतीको भनाई रहको छ।    

'बढ्दो सहरीकरण संगै सुरक्षा चुनौती पनि उस्तै भयाबह रुपमा देखिन्छ।  यहाँ हाम्रा चेलीबेटीहरु दिन दहाडै बलाकृत भएका घटना बाहिरिन्छन्।  योजना एकातिर छ, काम अर्का तिर छ, विकासको मोडालिटीनै नबुझे पछि कसरी सम्रिद्द नगरको परिकल्पना गर्न सकिन्छ?', उप्रेती प्रश्न गर्छन्।  

'बिर्तामोडलाई कस्तो बनाउने भन्ने विषयमा हामीले प्रतिबद्दता पत्र सार्वजनिक गरिसकेका छौं, मेयर र उपमेयर सहित धेरै वटा वडामा हामी विजयी हुने लक्ष साथ अगाडी बढेका छौं।', पर्दाफास संग कुरा गर्दै नेता उप्रेतीले भने।  


 

Views: