d

गोपाल पौड्यालले गाई दान गर्न दिए सुझाव 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:  गौरादह नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपाल पौड्यालले गौरादह नगरपालिकाका निवर्तमान जनप्रतिनिधिहरुलाई गाई दान गर्न सल्लाह दिएका छन्।  गौरादह जेसिजले शनिवार जनता मा. वि. मा आयोजना गरेको ककस कार्यक्रममा कोरोना कहरको समयमा विपन्नलाई बाढ्न भन्दै दाताबाट उठाएको चामल गोदाममा सडेपछि खाडल खनेर चामल गाडिएको विषय गम्भीर प्रकृतिको गल्ति भएको भन्दै उनले प्रायस्चित गर्दै गौदान गर्न सल्लाह दिएका हुन्।  
 
आफू हिन्दु धर्मको एजेन्डा बोकेको पार्टीको नेता भएको र हिन्दु धर्मशास्त्रमा अन्न पुर्नु अशुभ कुरा हुने भन्दै उनले पाप मोचन गर्न नदितटमा गएर गाई दान गरि पुन्यार्जन गर्न सुझाव दिएका छन्।  
यस्तो कार्यले पुस्तौं पुस्ता सम्म असर पुर्याउन सक्ने तर्क गर्दै नेता पौड्यालले भने, 'तपाईंहरुले गलत गर्नु भएको छ, तत्काल प्रायस्चित गरिहाल्नुस।'

Views: