d

गौरादहमा जेव्राको उपस्थिति, राजनीति दलहरुलाई बलियो चुनौती

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादहको वडा नं. १ मा प्यानल नै जितेर अगाडी बढेको एमालेलाई एक पछि अर्को दबाब सिर्जना हुन थालेको छ । वडा नं. २ मा गठबन्धनका उम्मेद्वारले प्यानल नै जितेको यस नगरपालिकाको वडा नं. ३ मा एमालेका वडाध्यक्षका उम्मेद्वार गजेन्द्र घिमिरेलाई चुनौती दिदै आफ्नै पार्टीबाट असन्तुष्ट रहेर स्वतन्त्र उम्मेद्वारी दिएका दिलिप भण्डारीले  १५२ मतको फराकिलो मतान्तरले पछाडी पारेका  हुन् । 
कुल २४७६ मत रहेको यस वडामा हाल जारी रहेको मतगणनामा १२ सय  गणना गरिसक्दा जेब्रा चुनाव चिन्ह रहेका दिलिप भण्डारीले ५०३ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै गरेका एमालेका उम्मेद्वार गजेन्द्र घिमिरेले ३५१ मत प्राप्त गरेका छन् । 
गठबन्धन गरेर निर्वाचनमा होमिएका माओवादी उम्मेद्वार शेर बहादुर कार्की २२९ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

१२०० गणना हुँदा 

प्रमुख 

सुर्य ३३४३
गठबन्धन ३१९२
कलम ११
हलो ४०९
खुल्ला किताब ५
कैँची १

उपप्रमुख

सुर्य  ३०८२
गठबन्धन  ३१४३
कलम १९
हलो ३०१
खुल्ला किताब 

वडाध्यक्ष

सुर्य ३५१
गठबन्धन २२९
हलो ३५
जेब्रा ५०३

सदस्य
सुर्य ५४०/ ५४५ / ५२५/ ५८७
गठबन्धन ३४६ / ३१५/ ३०५/२७६
हलो १३४/१२६/१४६/१२९
कलम /   /  २० /

Views: