d

देवदह नगरपालिका ११ मा राप्रपाको प्यानल नै विजयी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

देवदह नगरपालिका ११ मा राप्रपाको प्यानल नै विजयी 

   
  
देवदह । देवदह नगरपालिकाको वडा नं. ११ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । अध्यक्षमा राप्रपाका यादवले ७७७ मत प्राप्त गरेमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अमर बहादुर चौधरीले ७०१ मत प्राप्त गरेका छन् ।

रोचक प्रतिस्पर्धा भएको उक्त वडामा अध्यक्षका अन्य प्रतिस्पर्धी नेकपा एमालेका जीत बहादुर प्रसाद थारूले ५४४  मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार बल बहादुर श्रेष्ठलेको लौरो चुनाव चिन्हले ३२३ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार हरिद्वार यादवले २८२ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका राजाराम यादवले ११८ मत पाएका छन् । नेपाल दलित पार्टी र नेपाल मंगोल अर्गानाइजेसनले ९-९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्य पदमामा पनि राप्रपाले एकलौटी जीत हासील गरेको छ । खुल्ला सदस्यमा मंगल प्रसाद थारू (७७३) र राजकुमार केवट (७१०) विजयी भएका छन् भने महिला सदस्य र दलित महिला सदस्यमा क्रमश संगीता मल्लाह (७७२) र कौशल्या चमाईन (७७६) विजयी भएका छन् । 
समाचार श्रोत: सेतोमसी  / photo: setomasi

Views: