d

गौरादहको प्रमुख पदमा कसको पल्ला भारी? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिकामा मेयर पद कसको पोल्टामा जाने भन्ने विषय गणना हुँदै जादाँ कांग्रेस उम्मेदवार रोहित साहका लागी भने थप पेचिलो बन्दै गएको छ।  निवर्तमान नगर प्रमुख साह पुन: एक कार्यकाल दोहोर्याउने प्रयासमा देखिन्छन भने अघिल्लो पटक टाउको गुमाएर आलोचित भएको एमालेलाई मेयर पद जितेर साख जोगाउने चिन्ता उत्तिकै छ।

 हाल सम्म गणना भएका ५ वडा हेर्दा साहलाई एमालेका छ्त्रपती सुवेदीले निकै पछाडी छोडेका छन्।  जितका लागि पछ्च्याई रहेका साह वडा न. ५ को गणना सकिदा सम्म झन्डै २ हजार मतले पछाडी परिसकेका छन्।

 अघिल्लो निर्वाचनमा वडा न. ६ नै साहका लागि मलिलो देखिएको थियो।  यस पटक पनि उनले साविक कोहवराको मतले जित्न सकिने आशा गुमाएका छैनन्।  यद्दपी एमालेका प्रत्यासी उम्मेदवार सुवेदीको बलियो प्रभाव मानिने कोहवराबाट साहले कस्तो मत पाउने हुन् त्यो हेर्न भने बाँकीनै छ। 

आदीवासी समुदायको वाक्लो जनसंख्या रहेको वडा न. ६, ७ र ८ मा कांग्रेस उम्मेदवार साहको पक्षमा जनमत जाला की भन्ने चिन्तामा एमाले पटक्कै देखिदैन।  यस पछाडीको कारण हो उपमेयर पदमा जलवर्षा राजवंशीको उपस्थिति। राजवंशीले यस क्षेत्रमा बलियो पकड जमाउन सक्ने आधार भएकै कारण एमालेका सुवेदी पनि वडा न. ६ को प्यानल नै जित्ने कुरामा ढुक्क छन्।      

वडा न ६ बाहेक साविक जुरोपानीको हालको वडा न.  ७ मा दुवै उम्मेवारको मत परिणाम उस्तै आउने आकलन गरिएको छ।   साहलाई  वडा न. ८ संग निकै भरोसा छ। गठबन्धन समूहबाट माओबादीको भागमा परेको वडा न. ८ मा माओबादीले जित्न सक्ने आकलन गठबन्धन वृत्तमा चर्चा हुने गरेको पाइन्छ। माओबादीको भागमा परेका २ वटा वडा मध्ये वडा न. ३ उसले गुमाई सकेको छ।  वडा न. ८ मा विजयी हुन नसके नगरपालिकामा  माओबादीको प्रतिनिधित्व गर्ने सम्भावना समेत सकिने निश्चित छ।  मेयर पदका प्रत्यासी साहले आशा गर्ने वडा भनेको वडा न. ७ पनि हो । त्यसो त अघिल्लो निर्वाचनमा वडा न. ८ एमालेका भूमिराज पोख्रेलले राम्रै मतान्तरले जित्न सफल भएको वडा पनि हो।   वडा न. २ र ३ गुमाएको एमालेले वडा न. ८ लाई सहजै जित्न सकिने वडाको रुपमा लिने गरेको पाइन्छ।  

गठबन्धन उम्मेदवार साहको लागि यो  पटक वडा न. ९ कस्तो हुने हो भन्न सकिने स्थिति देखिदैन।   वडा न. ९ मा एमालेका उपेन्द्र निरौलाले आफुले सहजै जित्ने कुरामा प्राय ढुक्क देखिन्छन्।  त्यसो त अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका सिताराम भट्टराईले राम्रो मतान्तरले विजय प्राप्त गरेको यस वडालाई  कांग्रेसले गुमाईहाल्ला भन्ने आकलन त्यती सजिलो छैन। वडाध्यक्षले ल्याउने मतको आधारमा मेयर उपमेयरको मतको आकलन हुनु स्वाभाविक नै हो।  अघिल्लो निर्वाचनमा निर्णायक मतको रुपमा वडा न. ९ बैगुन्धुरालाई नै लिईएको थियो भने यो पटकको निर्वाचनमा गठबन्धन तर्फका कांग्रेस उम्मेदवार साहले कस्तो मत पाउने हुन् र  सुवेदीले प्राप्त गरेको फराकिलो मतान्तरलाई चिर्न सक्ने हुन् होइनन् त्यसको लागि भने अझै २/३ दिन प्रतीक्षा गर्नुपर्ने देखिएको छ।  

 

 

Views: