d

स्थानिय निर्वाचनमा गठबन्धन मुलभूत रुपमा सफल भएको  छ - प्रचण्ड

Views:
Responsive Image Gallery
Responsive Image Gallery

७ जेठ, काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको गठबन्धन मूलभूत रुपमा सफल भएको बताएका छन् ।

भक्तपुरको मध्यपुर थिमीमा निर्वाचित जनप्रतिनिधिलाई शनिबार आफ्नै निवासम बधाई दिँदै उनले गठबन्धनमार्फत देशको राजनीतिमा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको र यसमा मूलभूत रुपमा सफल भएको बताएका हुन् ।


प्रचण्डले यो गठबन्धनलाई आउने प्रदेश र सङ्घीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जान गठबन्धनमा रहेका दलहरु दृढ रहेको बताएका छन् ।

Views: