d

 सम्मानजनक मत दिने विर्तामोडवासीलाई उप्रेतीले दिए धन्यवाद 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: विर्तामोड नगर प्रमुखपदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले तेश्रो स्थान हासिल गरेको छ।  राप्रपा उम्मदेवार ध्रुब कुमार उप्रेतीले ५६५९ मत प्राप्त गरेका हुन्।  नगरप्रमुखमा विजय हुने नेकपा एमालेकी पवित्र देवी महताराले १६५२० मत प्राप्त गरेकी छिन्।  त्यस्तै महताराका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका भोजराज सिटौलाले १२७६२ मत प्राप्त गरेका छन्।   

एमालेको बलियो गढ़ मानिएको विर्तामोड नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई माया गरेर सम्मानजनक मत प्रदान गर्ने विर्तामोडका आम मतदातालाई उप्रेतीले धन्यवाद प्रदान गरेका छन्।  

'हामीले मतदाताबाट अत्यन्तै राम्रो रेस्पोस्न्स पाएका छौं, यो नै हाम्रो सबैभन्दा ठुलो जित हो।', पर्दाफास संग कुरा गर्दै उप्रेतीले भने।    

No description available.

Views: