d

गौरादह ८ मा स्वच्छ छवि भनिएका एमाले उम्मेद्वार माओवादी द्वारा पराजित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह वडा नं. ८ मा गठबन्धनले प्यानल नै जित हात पारेको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका वडाध्यक्ष उम्मेद्वार गणेश राजवंशी सहित प्यानल नै जित हात पारेको हो । 

वडाध्यक्षमा पराजित एमाले उम्मेदवार निवर्तमान वडाध्यक्ष हुन् । 

एमालेको सुरक्षित मानिएको उक्त वडा माओबादी केन्द्रले खोसेको छ।  

वडा अध्यक्ष बाहेक अन्य ३ वडा सदस्य  माओबादी केन्द्रले जितेको छ । वडा न. ६ को एक सदस्य हात पारेको जनता समाजवादीले यस वडामा समेत थप एक वडा सदस्यमा वर्चस्व राख्न सफल भएको छ।  

वडाध्यक्षमा विजेता  घोषित भएका राजवंशीले १३१४ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी भूमिराज पोख्रेलले १०६५ मत प्राप्त गरे।  

 वडाध्यक्षमा पराजित पोख्रेललाई गत स्थानिय निर्वाचनमा निर्वाचित वडाध्यक्ष मध्ये सबै भन्दा स्वच्छ छवी  भएका भन्दै प्रसंसाका पात्र हुने गरेका थिए ।   
स्वच्छ छबी भनिएता पनि उनको ५ वर्षे कार्यकाल विवादमुक्त भने देखिदैन । 

 गत वर्ष मात्र निर्माण सम्पन्न भएको वडा कार्यालय भवनको छत चुहिएको विषय सञ्चार माध्यममै आएपछि उनि झन विवादमा तानिएका थिए।  
 
प्रदेश र संघीय सरकारबाट प्राप्त हुने कुनै पनि अनुदान सहयोग वडा न. ८ मा ल्याउन नसकेको भन्दै पोख्रेलले बजेट कटौती गरेर कता लगिन्छ भन्दै फेसबुकमा आक्रोस पोखर आफैं विवादित बनेका थिए।  

त्यति मात्र नभएर गेउरिया सिचाईको सरकारी पैनी जताभावी पुरेको विषय समेत निकै गम्भीर देखिएको थियो । 

Views: