d

कांग्रेस, एमाले र माओवादीले देशको ढुकुटी लुटेर रित्तो पारेका छन् : अध्यक्ष लिङ्‍देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

धरान : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्‍देनले कांग्रेस, एमाले र माओवादीले मिलेर भ्रष्टाचार गरेको बताएका छन्।  राप्रपा धरानले विजयपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा वधाई कार्यक्रममा अध्यक्ष लिङ्‍देन तिन ठुला दलले आलोपालो गरेर  देश खोक्रो बनाएको आरोप लगाएका हुन्। 

२०४७ पश्चात् यि नै तीनदलहरुले आलोपालो देशको नेतृत्व गरेका कारण देशको आर्थिक अबस्था टाट पल्टिएको उनले बताए।

अध्यक्ष लिङ्‍देनले देशको ढुकुटी रित्तो बनाउने कांग्रेस, एमाले र माओवादीसंग सचेत हुन सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले देश लुटने कांग्रेस, एमाले र माओवादीका नेताहरुलाइ सरापेर मात्र नपुग्ने भएकाले उनीहरुलाई भोट हाल्ने जनतालाई पनि सचेत गराउन आवश्यक रहेको बताए। देशको नेतृत्व लुटिखानेहरुको हातमा पुगेको भन्दै राप्रपाले मात्र देशको रक्षा र सहि नेतृत्व गर्न सक्ने बताए।

उनले देशको ढुकुटी लुटेर भ्रष्टाचार गर्नेहरु आफ्नै आमाको खुन चुस्ने दुष्ट भएको बताए। लिंङ्देनले धरानमा जनताले राप्रपाको बीउ रोपेर धरान-१४ मा वडाध्यक्षमा कृष्ण भट्टराईलाई विजय गराएकोमा वडावासिहरुलाई धन्यबाद दिए। file photo 

Views: