d

१२ कक्षा सम्म निशुल्क शिक्षाको माग गर्दै राप्रपाले बाह्रदशीमा बुझायो ज्ञापन पत्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको  बाह्रदशी गाउँ पालिका भित्रका बिद्यालयहरुमा कक्षा १२ सम्म निशुल्क शिक्षाको माग गर्दै राप्रपाले ज्ञापन पत्र बुझाएको छ।  गाउँ पालिका भित्र रहेका सबै सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा निशुल्क शिक्षा हुनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो।  

 

No description available.

 

आर्थिक अवस्था दयनिय भई कक्षा ११ र १२ मा अध्ययन गर्न नसक्नेहरु समेतलाई ध्यानमा राख्दै तत्काल निशुल्क शिक्षाको व्यवस्था गरिनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।  

 'छिमेकी पालिकामा कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था हुँदा  बाह्रदशीमा किन नसकिने?', ज्ञापन पत्रमा प्रश्न गरिएको छ।

ज्ञापन पत्रमा पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्दीको विरुद्द चरणबढ्द आन्दोलन गरिने चेतावनी समेत दिईएको छ।  

राप्रपाको प्रभाव क्षेत्र रहेको हल्दीवारी गाउँपालिकामा कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था गरिसकेको पाइन्छ । 

आफुले विजयी प्राप्त गरेको गाउँ पालिकाहरुमा राप्रपाले निशुल्क शिक्षाको धमाधम घोषणा गर्न थालेको पाइन्छ भने आफुले नजितेका पालिकामा समेत निशुल्क शिक्षा अभियान संचालन गर्ने राप्रपाले बताउदै आएको छ।  

बाह्रदशी गाउँ पालिका अध्यक्ष देबेन्द्र चम्लागाईले  ज्ञापन पत्र बुझेका छन्।  उनले नियमानुसार उक्त मागलाई गाउँ कार्यपालिकामा प्रस्तुत गर्ने आश्वासन दिएका छन्।  

ज्ञापन पत्र हस्तान्तरणका अवसरमा राप्रपा बाह्रदशी गा पा अध्यक्ष पि बि कटुवाल, पुर्व केन्द्रिय सदस्य एवं प्रदेश सदस्य राम कुमार सिंह राजवंशी, प्रदेश सदस्य जिवन पनेरु, जिल्ला सदस्य खगेन्द्र पाण्डे, पालिका सचीव राम कडेल लगायतको उपस्थिति रहेको प्रदेश सदस्य जीवन पनेरुले जानकारी दिएका छन्।  

No description available.

 

No description available.

 


 

Views: