d

बालेन शाह र सुनिता डंगोल बिहानै पुगे सिसडोल, स्थानीयसँग छलफल गर्दै 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । काठमाडौं महानगरपालिकामा केही दिनदेखि फोहोर नउठेपछि समस्या परेको छ । 

काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोलका स्थानीयबासीले आफूहरुसँग सरकारले यसअघि गरेको सम्झौता कार्यान्वयनको माग गर्दै फोहोर फाल्न अवरोध गर्दै आएका छन् ।

उनीहरुले सरकारले गरेको सम्झौता कार्यान्वयन नगरे आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका छन् । सोही समस्या समाधानको प्रयासका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल फोहोर डम्पिङ साइट सिसडोल पुगेका छन् ।

उनीहरुले त्यहाँका स्थानीयसँग समस्या समाधानका लागि छलफल गर्नेछन् ।

Views: