d

विश्व वातावरण दिवसको अवसरमा नेविसंघद्वारा ७७ जिल्लामै वृक्षारोपण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेपाल विद्यार्थी संघले विश्व वातावरण दिवसको अवसर पारेर ७७ वटै जिल्लामा वृक्षारोपण गरेको छ ।


जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि भन्दै नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले परिपत्र जारी गरेका थिए ।


सोही पत्र अनुसार जिल्ला जिल्लामा वृक्षारोपण सम्पन्न भएको हो । अध्यक्ष शेर्पाले नेविसंघ ताप्लेजुङ जिल्ला समितिले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै अघिल्लो पुस्ताले सुम्पिएको वातावरणलाई बचाउनु अहिलेको पुस्ताको दायित्व रहेको बताए । photo: News24

Views: