d

स्वन्तन्त्र उम्मेद्वारहरु संगठित हुँदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२७ जेठ, काठमाडौं । आगामी आम निर्वाचनलाई लक्षित गरि स्वतन्त्र उम्मेदवारहरुले काठमाण्डौमा एक भेलाको आयोजना गर्ने भएका छन्।   संघ र प्रदेश निर्वाचनमा देशभर उम्मेदवार उठाउने विषयमा छलफल गर्नका लागि स्वतन्त्र व्यक्तिहरुले जमघट गर्ने बताइएको हो।  

स्वतन्त्र उम्मेदवारहरुको पहिलो राष्ट्रिय भेला असार १७ र १८ गते काठमाडौंमा बताइन्छ ।

 ‘भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पाएको जनमतलाई सम्मान गर्दै आउँदो निर्वाचनको तयारी,रणनीति र कार्यदिशा तय गर्ने उद्धेश्य’ले भेला बोलाइएको बताइएको छ।  

भेलामा सहभागी हुन र आर्थिक सहयोग गर्न भन्दै केहि अगुवाहरुले दर रेट तोकेरै आर्थिक संकलन अभियान चलाउन लागेको  समेत चर्चा चल्न थालेको छ। 
 सहभागी हुनको लागि एक हजार ५०० शुल्क तोकिएको छ । दुई दिनको खानाको लागि शुल्क तोकिएको बताइन्छ।  


 

Views: