d

रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने , कुन जिम्मेवारी पाउँदैछन् ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन् ।

स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेसको अन्तिम गृहकार्यमा जुटेका हुन् । राप्रपाले दिने पदमा कुरा मिले मिश्र केहीदिनभित्रै उक्त पार्टी प्रवेस गर्ने निकट स्रोतको दाबी छ।

सुरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका थिए। राप्रपाले त्यसलाई अस्वीकार गरेको जानकारी दिदै निकट एक नेताका अनुसार त्यसपछि सहअध्यक्षको प्रस्तावसहित मिश्र छलफल थिए ।

तर, राप्रपाले दुई अध्यक्ष वा सहअध्यक्ष दुबै बनाउन नसकिने जनाउँदै विवेकशील साझा पार्टी नै मर्ज हुने अवस्थामा उनलाई उपाध्यक्ष दिनेगरी छलफल अघि बढाइएको छ। महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति नै बनाएर राप्रपा छलफलमा जुटेको छ। ।

उता, राजसंस्थाको माग गर्दै राजनीति गरिरहेको राप्रपाका नेताहरुले भने मिश्रसँग एकताको लागि गृहकार्य गरेको पाईएको छ। अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि लिङ्देन र मिश्रबीच भेटवार्ता भएको थियो ।

१६ पुसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाले विवेकशील साझाका अध्यक्ष मिश्रसँग छलफल गरेका थिए ।

आफ्नै निवासमा भएको उक्त भेटमा राजनीतिसँगै राजकाज संवाद भएको  मिश्रले बताएका थिए छलफलपछि मिश्रले भनेका थिए, ‘राजनीति, समाज र देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो ।’

विश्वस्त सूत्रका अनुसार मिश्र पदमा कुरा मिले केहि दिनमै  राप्रपामा प्रवेश गर्ने तयारीमा छन् । यसको लागि अहिले उनी र राप्रपा नेतृत्व तहमा छलफल भैरहेको छ ।

Views: