d

 ठुला दलले भ्रष्टाचार र बेरोजगारी बढाए: राजेन्द्र लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

तस्बिर : रासस

पर्सा । राष्ट्रिय  प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुकमा भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् ।

स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उनले विगत तीन दशकदेखि सरकारमा सहभागी हुँदै आएका नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), मधेसवादीलगायत ठुला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको बताए । 

बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारी कर्मचारी तथा नेताको सम्पत्तिको छानविन गर्न आवश्यक रहेको उनको भनाइ छ । रासस

Views: