d

गठबन्धनकाे गीत गाउन बन्द गर्नुहाेस् : अध्यक्ष नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको गीत नगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । 

आज आइतवार समाजवादी प्रेस सङ्गठन नेपालले काठमाण्डौमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले पालिकामा आशा गरेअनुसारको परिणाम गठबन्धनबाट नआएकोले गठबन्धनको गीत नगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिएका हुन् । 

अध्यक्ष नेपालले पालिका चुनावमा गठबन्धन पेचिलो हुने अनुभव बटुलेको भन्दै प्रदेश र प्रतिनिधि सभाको चुनावमा सिट बाँडफाँटमा कठिनाइ नहुने बताए।  

Views: