d

स्वतन्त्र पार्टी गठन गर्नु कानुन विपरीत, निर्वाचन आयोगले दर्ता गर्नु हुँदैन -सुर्य थापा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा ,०७ असार । चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खाेले लगत्तै सामाजिक सञ्जालमा कतै विरोध त कतै सम्मानजनक टीकाटिप्पणी भैरहेका बेला नेकपा एमालेका पोलिटव्युराे सदस्य सुर्य थापाले रवि लामिछानेको पार्टी दर्ता नगर्न निर्वाचन आयोगलाई सामाजिक सञ्जालमार्फत सचेत गराएका छन्,।

स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार रहेपनि स्वतन्त्र पार्टी गठन गरिनु कानुन विपरीत रहेको थापाले बताएका छन्,।

उनले लेखेका छन्,-कानुनत: स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हाे। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेकाे अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित हाे।
स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्याेल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खाेज्छ भने निर्वाचन आयाेगले दर्ता गर्नुहुँदैन।
सन्दर्भ – राष्ट्रिय स्वतन्त्र पार्टीकाे घाेषणा।

Views: