d

पूर्वाधार मोवाइल सेवाका लागि ट्रयाक्टर खरिद गर्दै लेटाङ नगरपालिका

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लेटाङ । लेटाङ नगरपालिकाले सडक लगायतका भौतिक पूर्वाधारहरुको आपत्कालिन मर्मतका लागि ट्रयाक्टर खरिद गर्ने भएको छ । नगरपालिकाले आपत्कालिन मर्मतका लागि आवश्यक सामाग्र िढुवानी गर्न पूर्वाधार मोवाइल सेवा सञ्चालन गर्ने निर्णय गर्दै सो सेवा सञ्चालनका लागि २ वटा ट्रयाक्टर खरिद गर्न लागेको हो । बुधबार सम्पन्न नगरसभाले आगामि आर्थिक वर्ष २०७९÷०८० का लागि पास गरेको बजेट, नीति तथा कार्यक्रममा पूर्वाधार मोवाइल सेवा नाम दिएर बजेट समेत विनियोजन गरेको छ । ट्रयाक्टर खरिदका लागि ३० लाख रुपैयाँ विनियोजना गरेको नगरपालिकाले  ति ट्रयाक्टर प्रयोग गरि गरिने साना तिना आपत्कालिन मर्मत तथा निर्माणका लागि समेत आवश्यक बजेट विनियोजन गरेको छ । यस्ता सानातिना मर्मतका काम लामो समयसम्म पनि नहुँदा नगरबासीले समस्या भोगिरहनु परेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले आफ्नै श्रोत साधनबाट ती काम गर्ने उद्देश्यका साथ सवारी खरिद गर्न लागेको नगर प्रमुख भूपेन्द्र कुमार लावतीले जानकारी दिनुभयो । यसरी खरिद गरिएका ट्रयाक्टरले समस्या परेको जुनसुकै ठाउँमा खबर आउन साथ मर्मतका लागि ढुंगागीटि ढुवानीको सेवा प्रदान गर्ने जनाइएको छ ।

No description available.

Views: