d

विरुवामा बाख्रा चराए १० हजार जरिवाना लिने हर्क साम्पाङको चेतावनी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

धरान/ धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जनश्रमदान बाट रोपिएका बिरुवामा बाख्रा चराएको भेटिए १० हजार सम्म जरिवाना गरिने बताएका छन्।  सामाजिक संजाल फेसबुकमा लेख्दै साम्पाङ्गले यसो भनेका हुन्।   मेयरमा निर्वाचित भए लगत्तै धरानका विभिन्न स्थानमा उनले बृक्षारोपणको अभियान चलाउँदै आएका छन्।  

 

 मेयर साम्पाङ्गले फेसबुकमा यस्तो लेखेका छन् 

हामीले रोपेको विरुवामा बाख्रा चराएको नगर प्रहरी या हाम्रा वन रक्षकले थाहा पाए प्रति विरुवा रु १० हजार जरिवाना गराइनेछ ! जय हरियाली ! जय धरान !

 

Views: