d

संग्रौलालाई राप्रपामा केन्द्रिय सदस्यको जिम्मेवारी प्रदान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ श्रावण ५ बिहिवार / काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय वाणिज्य बिभाग प्रमुख लक्ष्मी प्रसाद संग्रौलालाई राप्रपाको केन्द्रिय सदस्यको जिम्मेवारी प्रदान गरिएको छ। पार्टीको स्थायी समिति मानिने केन्द्रिय कार्यसम्पादन समितिमा सदस्य रहिसकेका संग्रौला महाधिवेशनपुर्व केन्द्रिय सदस्यकै जिम्मेवारीमा समेत थिए ।   अध्यक्ष राजेन्द्र लिङ्देनका निकट मानिने संग्रौलालाई गत फाल्गुनमा वाणिज्य बिभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो । लिङ्देनलाई अध्यक्षमा विजयी गराउन निकै महत्त्वपूर्ण भुमिका खेलेका संग्रौला पार्टी भित्र निष्ठावान र मिजासिला  नेताको रूपमा परिचित छन् । झापाको गौरादह ७ हुँदै हाल दमकमा स्थायी बसोबास गर्दै आएका संग्रौला नेपाल मार्वल व्यवसायी संघका केन्द्रिय अध्यक्ष समेत हुन् । व्यवसायबाट प्राप्त हुने आम्दानीको एक हिस्सा रकम गरिव, विपन्न र सहाराविहिनको सेवामा खर्च गर्दै आएका नेता संग्रौला सामाजिक अभियन्ताको रूपमा समेत परिचित छन्। संग्रौलालाई प्राप्त केन्द्रिय सदस्यको जिम्मेवारीलाई पार्टी भित्र निकै अर्थपूर्ण रूपमा हेरिएको छ । काठमाडौंको धुमाराही स्थित एक पार्टी प्यालेसमा आयिजित केन्द्रिय सचिवालय बैठकले संग्रौला सहित आजै ५० जनालाई केन्द्रिय सदस्यको जिम्मेवारी प्रदान गरिएको बताइएको छ। 

Views: