d

राप्रपाको चुनाव जित्ने ४ रणनीति, स्वतन्त्र उम्मेद्वारलाई पार्टीको साथ

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी प्रदेश तथा संघीय निर्वाचनको लागि  रणनीति तयार गरेको छ । उल्लेख्य संख्यामा संसद सदस्यपद हासिल गर्न ४ रणनीति अख्तियार गरेको बताइएको  हो।

 राजधानीमा चालू केन्द्रीय समिती बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले  राजनीतिक प्रतिवेदन पेश गर्दै संघीय र प्रदेश चुनाव केन्द्रित ४ रणनीति अख्तियार गरेका छन् । 

पार्टीले अख्तियार गर्न लागेको यो पटकको चुनावी रणनीति अनुसार स्वतन्त्र उम्मेद्वारलाई समेत प्राथमिकता दिईने बताइन्छ ।   जसमा  स्वतन्त्र व्यक्तिहरुलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने विषय समेत उल्लेख गरिएको छ । त्यसका लागि सबै जिल्ला समितिहरुले स्वतन्त्र उम्मेदवारलाई सम्पर्क र अनुगमन प्रारम्भ गर्ने लिङ्देनको प्रतिवेदनमा भनिएको छ । यस्तै केन्द्रीय अध्यक्षको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने, केन्द्रीय परिचालन समितिले १५ दिन भित्र निर्वाचनको तयारी सम्बन्धी विस्तृत कार्ययोजना तयार गर्ने, जिल्ला अध्यक्षको अध्यक्षतामा जिल्ला निर्वाचन परिचालन समिति गठन गर्ने, उपयुक्त र लोकप्रिय उम्मेदवारहरुको सम्भावित नामावली संकलन प्रारम्भ गर्ने जस्ता विषय दस्तावेजमा उल्लेख रहेको बताइएको छ। 

Views: