d

नक्कली किसान बनेर नगरपालिका नआउनु - नगर प्रमुख थापा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले फर्जी अनुदान लिने माथी नगरपालिकाले कडा अनुगमन गर्न बताउनु भएको  छ।  फर्जी कागजात बनाएर अनुदान लिने उपर नगरपालिकाले कडा निगरानी गर्ने वहाँले बताउनु भएको हो।  

बिहिबार दमकमा रहेको रहेको दिव्य महिला समुहले सञ्चालन गरेको एक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै प्रमुख थापाले कृषिको क्षेत्रमा फर्जी अनुदान वितरण हुने गरेको र त्यो आफुले नियन्त्रण गरेरै छाड्ने बताउनु भएको हो ।

यस अघी वितरण भएका विभिन्न अनुदानको प्रयोग र त्यसको प्रभावकारिताका बारेमा अहिले अनुगमन गर्दा फर्जी काम गरेर अनुदान लिइएको पाइएको उहाँले बताउनु भयो ।

‘आवश्यक परे नामै भन्न पनि तयार छु। कहाँ क-कस्ले कसरी कसरी अनुदान लिएका छन् भन्ने बारेमा ।’ प्रमुख थापाले यसो भने पनि कसैको नाम र फार्मको नाम भने त्यहाँ भन्नु भएन ।

एउटा काम र शिर्षकमा अनुदान लिएको भएपनि काम भने अर्कै गरेको भेटिएका उदाहरण दमकका प्रशस्तै रहेको उहाँले बताउनु भयो । लक्ष्य र उदेस्य अनुसार अनुदानको सहि सदुपयोग नभएकोमा उहाँले आक्रोस पनि पोख्नु भएको छ ।

‘ अहिले पनि नगरपालिकाको कृषि शाखामा कुनै एक सहकारीको व्यवस्थापकलाई कृषि विज्ञ भनेर जागरि खुवाईरहिको रहेछ । केहि दिन अघी म्याद थप गर्ने सम्बन्धीको कागजपत्र शाखाका कर्मचारीले ल्याँदा मात्रै थाह पाए ।’ थापाले भन्नु भयो बिना काम नगरपालिकाबाट यसरी तलव लिनेहरु निकै रहेछन् त्यो अहिले मैले रोकेको छु। ’

मेयर थापाले कृषिको क्षेत्रमा राज्यबाट हुने सहयोग र अनुदानलाई सहि सदुपयोग गर्ने हो भने मात्रै पनि यसले उत्पादनमा निकै टेवा पुर्याउने बताउनु भयो । तर त्यसको सहि सदुपयोग नभएका कारण राज्यको लगानी बालुवामा पनि हाले जस्तो भएको छ । यसलाई नगर प्रमुखको तहबाट रोक्न सक्ने मिल्ने सम्म म रोक्ने छु । ’ प्रमुख थापाले भन्नु भयो । यसमा आफुले आफ्ना र पराई कोहि पनि नभन्ने भन्दै अनुदानको सहि सदुयोपयोग गर्न अनुरोध गर्नु भएको छ ।

 

Views: