d

राष्ट्रपति सुपुत्री उषा किरण काठमाडौं २ बाट चुनाव लड्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

३१ साउन, काठमाडौं । संघीय निर्वाचन नजिकिदै गर्दा कहाँ कसले उम्मेद्वारी लिने भन्ने विषयले बजार तताउन थालेको बेला एमाले दिवंगत नेता मदन भण्डारीकी सुपुत्री उषा किरण भण्डारी काठमाडौंबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिने चर्चा चुलेको छ।  वर्तमान राष्ट्रपतिकी सुपुत्री उषा किरणलाई निर्वाचनको तयारीमा जुट्न भनिसकेको संचार माध्यममा आउन थालेको हो।    

 एमालेको विदेश विभाग सदस्य रहेकी भण्डारीलाई हालसालै  पार्टीको  काठमाडौं जिल्ला कमिटी सदस्यमा समेत मनोनित भएकी छिन् । सदस्य मनोनित गरिएलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन भईन् । 

यस अघि माधव कुमार नेपालले चुनाव लडेको काठमाडौं २ मा राष्ट्रपति सुपुत्री उषा  किरणले  चुनाव लड्ने हल्लाले राष्ट्रिय राजनीतिमा राम्रै प्रभाव पार्ने देखिन्छ।  
Image: Nishan News

Views: