d

नेकपाको गौरादह नगर अधिवेशन सम्पन्न 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेत्र बिक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो गौरादह नगरभेला सम्पन्न भएको छ । मदन चौधरीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति घोषणा गर्दै नगर भेला सम्पन्न भएको हो । 

सुनिलको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा नेपाल कम्युनिस्ट पार्टी झापाका कार्यालय सचिव सन्जय राई, युवा संगठन नेपाल प्रदेश एक इन्चार्ज नुलुक राई, झापा जिल्ला विद्यार्थी संयोजक खगेन्द्र सिटौलाको उपस्थिति रहेको थियो। 

आमन्त्रित अथितीहरुले नवाघोषित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। 

कार्यक्रमको संचालन झापा जिल्ला कमिटी सदस्य नगेन्द्र लिम्बु बाबाले गरेका थिए।

उक्त अवसरमा पार्टीको आगामी असोज १ गते हुने राष्ट्रिय महाधिवेशनको सन्दर्भमा समेत छलफल गर्दै आगामी भाद्र १५  गते विर्तामोडमा झापा जिल्ला अधिवेशन गरिने जानकारी गराइएको थियो ।   

 सोही अवसरमा आगामी भाद्र १७ गते भद्रपुरमा केन्द्रिय सामना परिवार द्वारा सन्देशमुलक सांस्कृतिक कार्यक्रमको आयोजना गरिने समेत जानकारी गराइएको जिल्ला समिति सदस्य विज्ञानले बताए । 

Views: