d

राष्ट्रिय युवासंघ लेटाङ नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय युवा संघ लेटाङ नगर कमिटीको ऐतिहासिक प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विकास लि म्बूको अध्यक्षतामा ४७ सदस्यीय नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा किरण राई र खगेन्द्र तामाङ, सचिवमा राजु गौतम, उपसचिवमा इश्वरी चाम्लिङ, प्रशान्त राई र कविता घिमिरे तथा कोषाध्यक्षमा निशा निरौला चयन हुनु भएको छ । अन्य सदस्यहरु नगरका ९ वटै वडाबाट भूगोल मिलाएर चयन गरिएको छ । निर्वाचितहरुलाई अधिवेशनको बन्द सत्रका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सुमन मिरिङचिङले सपथ गराउनु भयो । 
कार्यक्रममा सम्बोधन गर्दै केराबारी गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरिङचिङले युवा संघ कै राजनीतिबाट आएर आफु गाउँपालिका अध्यक्ष बन्न सफल भएको बताउँदै पार्टीको अनुशासनलाई ख्याल गर्दै जनताको सेवामा लागेको खण्डमा राजनीतिक रुपमा पनि  सफलता प्राप्त हुने बताउनुभयो । यस्तै राष्ट्रिय युवा संघ नेपाल मोरङका अध्यक्ष प्रविण घिमिरेले राष्ट्रिय युवा संघ देशभक्त र सामाजिक भावनाले प्रेरित भएका युवाहरुको संगठन रहेको भन्दै यस संगठनमा लागेर देश र जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरि अधिवेशनमा लेटाङ नगरपालिका उपप्रमुख तथा एमाले जिल्ला कमिटी सदस्य कृष्णकुमारी निरौला र नेकपा एमाले लेटाङ अध्यक्ष कृष्ण लुइँटेलले हरेक राजनीतिक आन्दोलनमा युवाहरु अग्रपंतिमा रहने गरेको भन्दै शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य रविन थापा र सन्तोष वान्तवाले समेत प्रशिक्षणसहित शुभकामना मन्तव्य राख्नुभयो । यस्तै कार्यक्रमको अध्यक्षता गर्नु भएका राष्ट्रिय युवा संघ लेटाङका अध्यक्ष उर्गेन तामाङले युवाहरुलाई पार्टीले प्रयोग मात्र नगरेर अवसर समेत दिनुपर्ने बताउनुभयो । यसैगरि राष्ट्रिय युवा संघ लेटाङका नवनिर्वाचित अध्यक्ष विकास लिम्बूले राष्ट्रिय युवा संघ लेटाङ अब पार्टी र नगरवासीको हितमा अझ सशक्त रुपमा काम गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

Views: