d

घर नक्शा सम्बन्धि समस्यामा नगरप्रमुख थापाको यस्तो एक्सन..

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ २०  भदौ २०७९, सोमवार, झापा: झापाको दमक नगरपालिकामा जग्गा सम्बन्धी उजुरी लिएर आएका स्थानियको समस्यालाई नगरप्रमुख राम थापाले तत्कालै एक्सन लिएका छन्।    दमक न. पा. वडा न. २ स्थित आम्दा अस्पाताल पछाडि राधा नर्सरी संगै रहेको सृजनशील टोलबासीहरुका  धनीपूर्जा, नक्शा र कागजात सम्बन्धि समस्यामा मेयर थापाले तत्काल समस्या समाधान गर्न पहल गर्नुभएको बताइएको हो।   

नापी कार्यालयको  सिस्टममा त्रुटि देखिएकोले  घर बनाउन नक्शा पास गर्ने कार्यमा स्थानियले सास्ती खेप्नु परेको बताइएको छ।  

स्थानियको उजुरी सुन्ने बित्तिकै मेयर थापाले नापी कार्यालय दमकका  प्रमुख सुनिल आनन्दलाई आफ्नो कार्यकक्षमा बोलाई छलफल चलाएका थिए।    
 
छलफल पश्चात कार्यालय प्रमुखले तत्काल समस्या समाधान गर्ने आश्वासन दिएका बताइएको छ।   

Views: