d

भोलीदेखि निर्वाचन आचारसंहिता लागू हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । निर्वाचन आयोगले (भोली) बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। संघ र प्रदेशको आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि आचारसंहिता लागू गरिने भएको हो।


मंगलबार बसेको आयोगको बैठकले आचारसंहिताबारे निर्णय गरेको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

प्रमुख आयुक्त थपलियाले आचारसंहिता पालनालाई राजनीतिक दलहरुले कडाइका साथ पालना गर्ने विश्वास लिएको बताएका छन्।

आयोगले दलहरुलाई २३ असोजमा उम्मेदवारको मनोनयन गर्ने कार्यसूची छ।

२ र ३ असोजमा दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाइसकेका छन्। आयोगले बन्दसूचीमा पेश गरिएको नाम सच्याउन १६ असोजसम्मको समय दिएको छ।

Views: