d

झापा ५ मा चुनाव लक्षित अनेरास्ववियु बृहत भेला सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery


अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ का सम्पुर्ण कमिटी द्वारा आयोजित  प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ लक्षित विद्यार्थीहरुको बृहत भेला कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कार्यक्रमको अध्यक्षता अनेरास्ववियु केन्द्रिय सदस्य एवम् झापा जिल्ला इन्चार्ज दिपेश दाहालले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले स्थायी कमिटी सदस्य एवम्  प्रदेश न १ पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री तथा अनेरास्ववियु  केन्द्रिय कमिटी पुर्व अध्यक्ष हिक्मत कुमार कार्की ,विशिष्ट अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य एवम् रास्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल ,अतिथी नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं ५ इन्चार्ज होम बहादुर थापा ,नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्य एवम् क्षेत्र नं ५ संयोजक तुलसी कार्की ,नेकपा एमाले झापा  जिल्ला कमिटी सदस्य एवम् निर्वाचन क्षेत्र नं ५ क संयोजक चक्र बहादुर गुरुङ ,नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य एवम् गौरीगञ्ज गा.पा इन्चार्ज केदार ढुङगेल साथै अनेरास्ववियु केन्द्रिय सदस्य ,जिल्ला पदाधिकारी ,नगर ,गा.पा पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।
भेलाले अनेरास्ववियु केन्द्रिय सदस्य कमल पौडेलको संयोजकत्वमा ५०१ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ। उक्त कमिटीको सह- संयोजकमा अनेरास्ववियु जिल्ला कमिटी सहसचिव बालचन्द्र कार्की र ईश्वर नेपाल रहेका छन्। साथै उक्त भेलाले प्रदेश निर्वाचन परिचालनका लागि प्रदेश 'क' मा बिक्रम कुमार  तिवारी र प्रदेश 'ख' मा बालचन्द्र कार्कीको संयोजकत्वमा पनि कमिटी निर्माण गरेको छ।

Views: